नियम १९क
हातहतियार दाखिला गर्ने
(१) इजाजतपत्र प्राप्त व्यक्तिले चाहेमा आफूसँग भएको हातहतियार र खरखजाना जिल्ला प्रहरी कार्यलय मार्फत नेपाल सरकारलाई बुझाउन सक्नेछ।

(२) नियम (३) को उपनियम (२) उल्लेखित हातहतियारको इजाजतपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा त्यस्ता हातहतियार र नियम ४ को उपनियम (१) मा तोकिएको नालभन्दा बढी हातहतियार राख पाउने इजाजतपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा त्यस्तो बढी हातहतियार मृतकको हकवालाको इजाजतपत्र प्राप्त व्यक्तिको मृत्यु भएको ६ महीनाभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत नेपाल सकारकारमा बुझाउनु पर्नेछ।

(३) नियम १७ को उपनियम (२) बमोजिम इजाजतपत्र प्राप्त व्यक्तिको शेषपछि निजको सब भन्दा नजिकको हकवालाको नाममा हातहतियार नामसारी गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीले उपयुक्त नठहराएमा त्यसको सूचना पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित हकवालाले उक्त हातहतियार सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत नेपाल सरकारमा बुझाउनु पर्नेछ।